• २०८३ असार ११
  • 2026 June 25, Thursday

हिमालको काखमा र्‍यापर भिलेनको ‘सोच’ (भिडिओसहित)

काठमाडाैं । र्‍यापर सुरेश कुँवर (भिलेन- ३९) को नयाँ गीत ‘सोच’को म्युजिक भिडिओ सार्वजनिक भएको छ। आर एन बी शैलीको उक्त गीतको शब्द–संगीत सुरेश कुँवरको नै रहेको छ।

दोलखाको धार्मिक र प्राकृतिक महत्व बोकेको च्छोरोल्पा ताल र दुध कुण्डलगायत अन्य रमणीय ठाउँमा छायांकन गरिएको उक्त भिडिओलाई लोकेन्द्र सुब्बाले क्यामरामा कैद गरेका हुन् भने निर्देशन बिक्रम तिमल्सिनाले गरेका हुन्।

यसअघि माया, रातको निन्द्रा, हामी नेपाली हो लगायत अन्य थुप्रै गीत सार्वजनिक गरिसकेका सुरेशले यो गीत फरक सोचबाट गाएको बताउँछन्। गीतको भिडिओ पनि दोलखाको हिमनदीको सुन्दरताले सजिएको ४५८० मिटर अग्लो ठाउँ च्छोरोल्पा तालका साथै ४७०० मिटर अग्लो ठाउँमा अवस्थित पवित्र दुधकुण्डमा छायांकन गरिएको सुरेश बताउँछन्।

यस्ता गीतको भिडिओ यसरी कम छायांकन हुने र भिडियोले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ । गीतको भिडिओ भिलेन- ३९ नामक युट्यूबमार्फत सार्वजनिक भएको छ ।