• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

काठमाडौँ । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनिने राजकुमार तामाङ लामालाई पार्टीले निलम्बन गरेको छ ।

मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो। विस्फाेटक पदार्थसम्बन्धी कसुरमा फरार देखिएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पाँचथरमा पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

उनी पक्राउ परेगलत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार विज्ञप्ति जारी गरेर आजैका मितिबाट अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि निलम्बन गरिएको जानकारी दिए ।

साम्पाङले अनुसन्धानको क्रममा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भनेर निलम्बन गरिएको विज्ञप्तिमा बताएका छन् ।