काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।
बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान साढे २ बजेसम्ममा जम्मा ५६० जनाले मतदान गरेका छन् । एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।
एमालेमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वका लागि प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षमा ओली हावी देखिए पनि महासचिवमा ओली पक्षका शंकर पोखरेल र ईश्वर पोखरेल पक्षका सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अध्यक्षका प्रत्यासीद्वय ओली र पोखरेल तथा महासचिवका प्रत्यासीद्वय पोखरेल र पाण्डेले शुरूमै मतदान गरिसकेका छन् । मतदानपछि ओलीसहितका नेताहरूले प्रतिनिधिसँग भेटेर फोटो खिचाएका छन् ।