• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमाले महाधिवेशनः सकियो मतदान, खसेन शतप्रतिशत मत

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।

बुधबार बिहान ९ बजेदेखि सुरू भएको मतदान बिहीबार बिहान सवा ७ बजे सम्पन्न भएको हो।

महाधिवेशनका लागि २२६३ प्रतिनिधि चयन भएकामा २२२७ जनाले मतदान गरेका छन्।

३६ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ।

विद्युतीय मतदान भएकाले नतिजा आउने अधिकतम दुई घन्टा लाग्नेछ।