• २०८३ असार १६
  • 2026 June 30, Tuesday

एमालेको महासचिवमा शंकर पोख्रेल विजयी

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।