• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल प्यानलबाट दुईजना मात्रै पदाधिकारी विजयी भएका छन् ।

एमालेका १९ पदाधिकारीका लागि भएको चुनावमा पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्ष र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।

उता महासचिवमा ओलीका निकट सहयोगी शंकर पोखरेल विजयी भए । सचिवतर्फ सबै नौजना ओली प्यानलका विजयी भएका छन् ।