काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली पक्षको वर्चस्व कायम भएको छ । महाधिवेशनको अन्तिम मतपरिणाम अनुसार १९ सदस्यीय पदाधिकारीमा १७ जना ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
पार्टी अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले अपेक्षित मत पाउन सकेनन् । महासचिव पदमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि संस्थापन पक्षका शंकर पोखरेलले आफ्ना प्रतिस्पर्धीलाई दुई सयभन्दा बढी मतले पछि पार्दै जित हात पारेका छन् ।
संस्थापन पक्षको ‘क्लिन स्विप’ रोक्दै ईश्वर पोखरेलको प्यानलबाट दुई जना नेताले मात्र पदाधिकारीमा जित निकालेका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । यी दुई बाहेक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र सबै सचिव पदमा संस्थापन पक्षका उम्मेदवारहरूले बाजी मारेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूको पूर्ण विवरण यसप्रकार छ :
अध्यक्ष :
केपी शर्मा ओली
उपाध्यक्ष :
पृथ्वीसुब्बा गुरुङ
विष्णुप्रसाद पौडेल
रामबहादुर थापा ‘बादल’
गोकर्ण विष्ट
रघुजी पन्त
महासचिव :
शंकर पोखरेल
उपमहासचिव :
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव :
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल