• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमालेको पूर्ण नतिजा : कसले जिते, कसले हारे ? (मत परिणामसहित)

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित हुने १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका छन् । १९ सदस्यीय पदाधिकारी टिममा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेशकुमार भट्टराई मात्र विजयी हुन सके ।

पदाधिकारीतर्फ समावेशिताको हिसाबले महिला सहभागिता न्यून देखिएको छ । सचिव पदमा पद्मा अर्याल विजयी हुँदा १९ पदाधिकारीमा उनी एक्ली महिला बनेकी छन् । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवार बनेकी विन्दा पाण्डे र सचिवमा लडेकी रचना खड्का पराजित भए ।

सचिव पदका ९ वटै सिटमा ओली पक्षले ‘क्लिन स्विप’ गरेको छ । सचिवमा गोकुल बाँस्कोटाजस्ता प्रभावशाली मानिने नेता समेत पराजित भएका छन् ।

एमालेका १९ पदाधिकारीमा उठेका उम्मेदवारहरूको हार-जितको पूर्ण विवरण (मत परिणामसहित) यसप्रकार छ :

१. अध्यक्ष (१ जना)

निर्वाचित : केपी शर्मा ओली : १६६३ मत

पराजित : ईश्वर पोखरेल : ५६४ मत

२. उपाध्यक्ष (५ जना)

निर्वाचित : १. पृथ्वीसुब्बा गुरुङ : १७३७, २. विष्णुप्रसाद पौडेल : १६७५, ३. रामबहादुर थापा ‘बादल’ : १५१६, ४. गोकर्णराज विष्ट : १३६८, ५. रघुजी पन्त : १२५८

पराजित : १. गुरुप्रसाद बराल : ११३७, २. विन्दा पाण्डे : ९२१, ३. पर्शुराम मेघी गुरुङ : ४६१, ४. अरुण नेपाल : ४३९, ५. टंकप्रसाद कार्की : ३५८, ६. भीमप्रसाद आचार्य : २६५

३. महासचिव (१ जना)

निर्वाचित : शंकर पोखरेल : १२२८

पराजित : सुरेन्द्रप्रसाद पाण्डे : ९९९

४. उपमहासचिव (३ जना)

निर्वाचित : १. लेखराज भट्ट : १४५२, २. रघुवीर महासेठ : १३६८, ३. योगेश भट्टराई : १३४८

पराजित : विष्णुप्रसाद रिमाल : १०९१, आनन्दप्रसाद पोखरेल : ६३५, वैजनाथ चौधरी : ५१७, राजेन्द्रप्रसाद गौतम : २७०,

५. सचिव (९ जना)

निर्वाचित : १. महेश बस्नेत : १५४४, २. पद्माकुमारी अर्याल : १५३०, ३. शेरधन राई : १५३०, ४. छविलाल विश्वकर्मा : १५०६, ५. हिक्मतकुमार कार्की : १३३७, ६. खगराज अधिकारी : १३३१, ७. यामलाल कँडेल : ११८५, ८. राजन भट्टराई : ११८१, ९. भानुभक्त ढकाल : ११०८

पराजित : १. गोकुलप्रसाद बाँस्कोटा : १०३०, २. ठाकुरप्रसाद गैरे : ८८३, ३. रचना खड्का : ८७७, ४. कर्णबहादुर थापा : ८४७, ५. विनोदप्रसाद ढकाल : ६८४, ६. कृष्णगोपाल श्रेष्ठ : ६२५, ७. अग्निप्रसाद खरेल : ५१६, ८. लालबाबु पण्डित : ४९६, ९. पेम्बा लामा : ४९३, १०. पुरुषोत्तम पौडेल : ४६२, ११.  इन्द्रलाल सापकोटा : ४०५