काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । उच्च अदालतको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेले आफूहरू सहित चार जना व्यक्तिहरूलाई सामूहिक बिगो कायम गरिएको १० करोड ९९ लाख ३६ हजार रुपैयाँमध्ये आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत जिल्ला अदालत रुपन्देहीमा पेस गर्दै लामिछानेले रिहा गर्न माग गर्दै निवेदन दिएका थिए ।
तर जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेपछि त्यसकाविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।
जसमाथि फैसला गर्दै अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले धरौटी स्वीकार गरि रिहा गर्न आदेश जारी गरेको हो ।

