• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अदालती प्रक्रिया सकेर रवि लामिछानेले चितवनका नागरिकसँग भेटघाट गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबासीहरु सँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ ।

भोलि शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुँदा चितवनका टोल तथा वडा तहदेखि जिल्ला तहसम्मका समितिका सम्पूर्णलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।

साथै, चितवन स्थित केन्द्र तथा प्रदेश प्रतिनिधीहरूलाई पनि यसै सूचनाका साथ उपस्थितिका लागि अनुरोध गरेको छ ।

पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः ३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतिलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ ।

थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।