• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रिहा भए रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।

शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन् ।

लामिछानेलाई बिहीबार धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको थियो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि लामिछाने रिहाका लागि कानुनी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।

लामिछानेले अदालतबाट छुटिपाउन दिएको निवेदनमा आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने भनेका थिए। उक्त रकमलाई उच्च अदालतले स्वीकार गरी रविलाई छाड्ने आदेश गरेको हो ।

यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई पूर्पक्षका लागि एक करोड रुपैयाँमा छाड्न आदेश गरेको थियो । उक्त एक करोड रुपैयाँ धरौटी पनि बुझाउन उच्च अदालतले आदेश गरेको हो ।