काठमाडौं । आफूलाई जेन–जी आन्दोलनको अगुवा बताउने सुदन गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँगै गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध आक्रोश पोखेका छन् ।
सरकार र जेन–जीबीच भएको सम्झौतामा राष्ट्रपतिले तोक नलगाइदिएका कारण पक्राउ परेका जेन–जीहरू रिहा हुन नसकेको भन्दै गुरुङले आक्रोश पोखेका हुन् ।
उनले गृहमन्त्री अर्याललाई जेन–जीको रगतमा टेकेर शासन गरिरहेको आरोप पनि लगाएका छन् । आफूहरूले आन्दोलनमा सहभागी भएकै कारण मुद्दा लगाउन नपाइने आवाज उठाए पनि सरकारले साथ नदिएको उनको गुनासो छ ।
उनले अब सोझै गृहमन्त्रीलाई फोन गर्न भन्दै उनको नम्बर पनि सार्वजनिक गरेका छन् ।
यस्तो छ उनले लेखेको स्टाटस :
‼️IMPORTANT NOTICE ‼️
जेनजी जनादेश सम्माननीय प्रधानमन्त्रीबाट हस्ताक्षर पश्चात् राजपत्रमा अंकित भएर सार्वजनिक भएता पनि, सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भइरहेकाे आनाकानीका कारण, जेनजी र सरकारपक्षबिच भएकाे सम्झाैता बमोजिम भ्रष्टाचारीलाई र हत्यारालाई छानबिन र कार्वाहीकाे दायरामा ल्याउनबाट पछाडि हट्दै उल्टै, भाद्र २३/२४ का आधारमा झुठा अभद्र मुद्दामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाइका निम्ति पीडित पक्षका परिवारलाई सघाउँदा पनि, मुद्दा र धराैटीका कारणले रिहाइ हुन नसकेका पीडित पक्षका परिवारले अबदेखि रिहाइका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्री ज्यू र स्वकिय सचिवलाई सम्पर्क गर्नुहाेला ।
ओम प्रकाश अर्याल गृहमन्त्री ज्यू : 9841293867
धिरज जोशी स्वकीय सचिव : 9861484632
गृहसचिव रामेश्वर दंगाल : 9841364009