• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक चाहीँ छ । यसले सरकारलाई भन्दापनि तपाईहरुलाई नै फाइदा हुन्छ । सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरुसँग सरकारले सहकार्य गर्नेछ ।’

त्यस्तै उनले सबै अनलाइ मिडियाहरुलाई चाँडो दर्ताको प्रकृयामा आउन आग्रह गरे । ‘राज्यले केही न केही रुपमा सहयोग गर्नको लागि पनि दर्ता गर्नुपर्‍यो । राज्यले चिन्नु त पर्यो नि । यो छिटो गरौं,’ उनले भने ।

उनले अनलाइन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको बताउँदै मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको धारणा राखे । अनलाई टिभी मिडियालाई नयाँ मूलधारको मिडिया भनेर एउटा शब्द राख्न उनले सुझाए ।