• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेनसँगको छलफलबाट बाहिरिए रवि लामिछाने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन्।

बिहीबार ललितपुरमा मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच ‘वान टू वान’ छलफल भएको थियो।

केहीबेरअघि उक्त छलफल सकिएको छ र रास्वपा सभापति लामिछाने निस्किएका छन्।

बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए ।

रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’

त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’

जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’

मेयर बालेनले बुधबारदेखि राजनीतिक भेटवार्ता गरिरहेका छन्। आज बिहान मन्त्री कुलमान घिसिङ र कांग्रेस नेता सुनिल शर्मासँग पनि उनले भेटवार्ता गरेका थिए। साथै, अमरेशकुमार सिंहसँग पनि मेयर शाहको भेटवार्ता भएको छ।