काठमाडौं। गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले जाँचबुझ आयोगका पदाधिकारीहरूमाथि प्रश्नसहित दायर रिटलाई खारेज गर्ने आदेश जारी गरेको हो ।
अधिवक्ता विपीन ढकालले आयोगका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण उनको निष्पक्षता प्रश्नसहित रिट हालेका थिए। उनले आयोगका सदस्यहरू पूर्वएआईजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई पनि प्रतिवादी बनाइएको थियो ।
सर्वोच्चको पूर्ण इजलासले आयोगलाई निर्देशनात्मक आदेश पनि दिँदै रिट खारेज गरेको हो ।