• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेरचनलाई बैङ्किङ कसुर गरेको आरोप लगाउँदै गत मंसिर १४ गते पक्राउ गरेको थियो । सोही आरोपको अनुसन्धानका लागि सीआईबीले शेरचनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेकोमा कार्यालयले म्याद थप नगरी हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो ।

योसँगै शेरचनले अब बाहिरै बसेर मुद्दाको अनुसन्धानमा सघाउन पाउने सुविधा पाएका छन् ।

शेरचनसहित बैंकका डेपुटी सीईओ मणिराम पोखरेल, रिवाज श्रेष्ठ, सुजित शाक्य लगायतमाथि बैंकलाई हानि नोक्सानी पुर्‍याउने गरी कर्जा दुरुपयोग तथा बैङ्किङ कसुर गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।