• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रास्वपा र उज्यालो नेपालबीच सहमति : कुलमान, रवि र बालेन एक भएर निर्वाचनमा जाने

काठमाडौं । उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्।

सोमबार कुलमान र रवि लामिछानेबीच भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।

दुई जनाबीच सहमति भएको हामी नेपालका संस्थापक सुदन गुरूङले बताए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए।