• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जाँचबुझ आयोगले बयानका लागि पूर्वप्रधानमन्त्री ओलीलाई काट्यो पत्र

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ । भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान दिन आयोगले ओलीलाई पत्र पठाएको हो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँगै पूर्व मुख्यसचिव, पूर्वप्रहरी महानिरीक्षकदेखि ती २ दिन फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको समेत बयान लिइसकेको छ ।

ओलीले भने आयोगको औचित्यमाथि नै प्रश्न उठाउँदै बयान दिन नजाने बताउँदै आएका छन् ।

यद्यपि, आयोगले ओलीलाई बयानका लागि आयोगको कार्यालयमा डाकेको वा लिखित रूपमा जवाफ पठाउन भनेको भन्ने ब्यहोरा खुलेको छैन ।