काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले ९ जनाको उम्मेदवारी टुंगो लगाएको हो ।
कांग्रेसले कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा र गण्डकीबाट जगत तिमल्सिनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाइएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच कुल १९ सिटका लागि चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट बाँडफाँड भएको छ ।