काठमाडौं । पुस २७ र २८ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन घोषणा भएको छ। बुधबार काठमाडौंमा विशेष महाधिवेशन पक्षधरका नेताहरूले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन घोषणा गरेका हुन्।
विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति पनि गठन गर्दै त्यसको संयोजक तोकेको छ। समन्वय उपसमिति संयोजक केन्द्रीय सदस्य मधु आचार्य भएका छन् ।
जनपरिचालन जूलस व्यवस्थापन समितिको संयोजक जगदिश नरसिंह केसी, व्यवस्थापन समिति संयोजक मनोजमणि आचार्य, प्रदेश सांसद समन्वय समितिको संयोजक श्रीराम लामिछाने, पूर्व सांसद समन्वयमा कुशुम थापा मगर, मञ्च व्यवस्थापनमा गोविन्द पुडासैनी, स्वयंम सेवक परिचालन समितिमा मनिष कोइराला संयोजक बनेका छन् ।
त्यस्तै, यातायात व्यवस्थापन समितिमा योगेन्द्रमान कर्माचार्य, आवास तथा खाना व्यवस्थापनमा रमेश धमला, सूचना तथा प्रचारप्रसार समितिमा सुवास पोखरेल, जिल्ला सम्पर्क समितिमा विमल संग्रौला, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वयमा प्रतिमा गौतम, जनसम्पर्क समिति समन्वय समितिमा डिल्लीराम सुवेदी, स्थानीय तह समन्वयमा वंशलाल तामाङ, स्वास्थ्य शिविर समन्वयमा डा. अमिता प्रधान, सांस्कृतिक कार्यक्रम तयारीमा विपिन किरण, जेन–जी युवा परिचालनमा सचिन तिमिल्सिना, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समितिमा युवराज पाण्डेय संयोजक बनेका हुन् ।
