• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका, राति ९ बजेदेखि मतदान

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार राति ९ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ । महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।