• २०८३ असार १५
  • 2026 June 29, Monday

यस्तो छ कांग्रेस विशेष महाधिवेशनमा मनोनयन दर्ता शुल्क‚ सभापतिका उम्मेदवारलाई ३० हजार

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ।

कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले पार्टीको विधानअनुसार निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकेको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सभापति पदका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सह-महामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ तोकिएको जानकारी दिए।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ प्रतिनिधि कायम छन्।