• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लोक आधुनिक गायनतर्फ बर्देवालाई अवार्ड

काठमाडौं ।  एक्टिभ इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२” को ग्राण्ड फिनाले यहि माघ २६ गते सोमबार चलचित्र बिकास बोर्ड को हलमा सम्पन्न भएको छ ।

भिन्न १७ विधामा सर्वोत्कृष्ट हुनेलाई आ–आफ्नो विधाका अवार्ड प्रदान गरिएको थियो । जसअन्तर्गत लोक आधुनिकतर्फ गायक राजेश बर्देवाले अवार्ड जित्न सफल भएका छन् ।

आधुनिक गायनतर्फ सिडि विजय अधिकारी, संगीततर्फ राजेन्द्र बजगाई लोक दोहोरी गायिका तर्फ संगम लामिछानेले अवार्ड जितेकी छन् ।

कार्यक्रममा राजकुमार बगरलाई संगीत साधक सम्मान र शर्मिला गुरुङलाई सदावहार गायिका सम्मान गरिएको थियो ।