• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिटमा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मकवानपुरको ठूलदमार घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन्।

उनले शिवरात्रिको भीडभाडका क्रममा महिला भक्तजनसँग दुर्व्यवहार गरेका थिए । त्यसपछि उनले प्रहरी कर्मचारीलाई कुटपिट गर्दै हिँडेका थिए ।

घटनापछि उनलाई बुधबार स्वयम्भूबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बता‌एका छन्।