• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रास्वपाले तोड्यो नेमकिपाको किल्ला, भक्तपुर-१ मा रुकेश रंजित विजयी

काठमाडौँ । भक्तपुर- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रंजित विजयी भएका छन् ।

रंजितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई पराजित गरेका हुन् ।

सुवालले २८ हजार १४७ मत प्राप्त गरेका थिए । भक्तपुर-१ लाई नेपाल मजदुर किसान पार्टीको किल्ला भनिने गरिएकोमा यस पटक रास्वपाको लहरले सो किल्ला पनि ढलाएको छ ।