• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

समानुपातिकमा पनि रास्वपा अगाडी, कुन दलले कति पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २० लाख ३९ हजार ५४३ मत गणना भएको छ ।

जसमा रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४ प्रतिशत रहेको छ । त्यस्तै, नेपाली कांग्रेसले ३ लाख ६२ हजार ४२० मत अर्थात १७.८ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले २ लाख ९१ हजार १५१ अर्थात् १४.३ प्रतिशत मत प्राप्त गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले १ लाख २७ हजार १९१ मत प्राप्त गरेको छ भने राप्रपाले ७८ हजार ३२४ मत पाएको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीले ४५ हजार ९४ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीको २५ हजार २०८ मत छ । त्यसैगरी, जसपा नेपालले १६ हजार ७१८ मत प्राप्त गरेको छ ।