• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनसरी- १ मा हर्क साम्पाङ १४ हजार ३२१ मत अन्तरले अगाडी

काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ३० हजार ५५७ मतसहित अग्रता बनाएका छन् । त्यस्तै, रास्वपाकी गोमा तामाङले १६ हजार २३६ मत प्राप्त गरेकी छन् ।

साम्पाङले हालसम्म १४ हजार ३२१ मतले अग्रता बनाएका छन् ।

त्यस्तै, नेकपाका सुर्य बहादुर भट्टराईले ५ हजार १४८ मत पाएका छन् भने नेकपा एमालेका टिकाराम लिम्बुले ३ हजार ८५४ मत प्राप्त गरेका छन् ।