• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

१७ करोड बढीको क्रिप्टो कारोबार गर्ने एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । अभौतिक मुद्रा क्रिप्टो कारोबार गरेको अभियोगमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ३५ वर्षीय झु यी फेङलाई बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।

फेङमाथि सामाजिक सञ्जालहरुबाट नेपालीहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा क्रिप्टोमा साटी कारोबार गर्ने गरेको आरोप लगाइएको छ ।

उनको साथबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ २३ पैसा ९ बराबरको क्रिप्टोको कारोबार, थान ३ मोबाइल र इन्टरनेश्नल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य भइरहेको छ ।