काठमाडौं । जारी आइपिएल अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३ : ४५ बजेदेखि शुरु हुँदैछ ।
सनराइजर्स हैदरावादले २ खेलमा एक जित र एक हार बेहोरेको छ । सनराइजर्सले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्सले कोलकोतालाई पराजित गरेको थियो । त्यस्तै, लखनउले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।
त्यस्तै, आज दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किन्सबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजेदेखि शुरु हुँदैछ ।
रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनको पहिलो खेल जितेको छ । बैंगलुरुले पहिलो खेलमा सनराइजर्सलाई पराजित गरेको थियो । त्यस्तै, चेन्नईले भने यस सिजनका शुरुका आफ्ना दुवै खेलमा हार बेहोरेको छ र पहिलो जितको खोजीमा रहेको छ ।