• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एफए कपको सेमिफाइनलको समीकरण पूरा

काठमाडौँ । एफए कपको सेमिफाइनलको समीकरण पूरा भएको छ । गएराती क्वाटरफाइनलक खेल सकिएसँगै लिड्स युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी र साउथहम्पटन सेमिफाइनलमा पुगेका छन् ।

म्यानचेस्टर सिटीले लिभरपुललाई, चेल्सीले पोर्ट भलेलाई, साउथहम्पटनले आर्सनललाई र लिड्स युनाईटेडले वेस्टह्याम युनाईटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

अब सेमिफाइनलमा चेल्सी र लिड्स युनाईटेड तथा म्यानचेस्टर सिटी र साउथहम्पटन खेल्ने भएका छन् । सेमिफाइनलका खेल अप्रिल २५ मा हुने भएका छन् ।