• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन तोलाको ४३ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको ४३ सयले घटेर तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८७५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०२५ मा कारोबार भएको थियो ।