• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहीबार सुन तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८७५ मा कारोबार भएको थियो ।