काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।