• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९०० मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।