काठमाडौँ । २०८३ को पहिलो महिनामा समेत वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुले आज सार्वजनिक गरेको ब्याजदरमध्ये वैशाखका लागि ८ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १२ वटाले अघिल्लो महिनाकै दर कायम राखेका हुन् ।
चैत महिनासम्म व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत रहेकोमा वैशाखमा यो दर ५ प्रतिशतभन्दा तल झरेको छ । औसत ब्याजदर पनि चैतको ४.४९ प्रतिशतबाट घटेर ४.४० प्रतिशतमा सीमित भएको छ । यसरी हेर्दा समग्र वैशाखमा औसत ब्याजदर ०.०९४ प्रतिशत बिन्दुले घटेको छ । त्यस्तै संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर चैतको ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा झरेको छ ।
वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको मुद्दती निक्षेपको ब्याजदरअनुसार समग्रमा औसत दर घटेको देखिएको छ। २० बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् भने १२ वटाले यथावत् राखेका छन्। चैतको ४.४९ प्रतिशत रहेको व्यक्तिगत औसत ब्याजदर वैशाखमा ४.४० प्रतिशतमा झरेको छ भने संस्थागततर्फ ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा सीमित भएको छ। समग्र औसतमा ०.०९४ प्रतिशत बिन्दुको गिरावट आएको छ।
वैशाखका लागि तय ब्याजदर:
एनआईसी एशिया बैंक
व्यक्तिगत: ४.७५%
संस्थागत: ३.७५%
नेपाल बैंक लिमिटेड
व्यक्तिगत: ४.५%
संस्थागत: ३%
प्रभु बैंक
व्यक्तिगत: ४.५५%
संस्थागत: २.७५%
एभरेष्ट बैंक
व्यक्तिगत: ४.०५%
संस्थागत: ३.५%
सिटिजन्स इन्टरनेशनल बैंक
व्यक्तिगत: ४.१५%
संस्थागत: ३%
राष्ट्रिय वाणिज्य बैंक
व्यक्तिगत: ४.७५%
संस्थागत: ४%
सानिमा बैंक
व्यक्तिगत: ४.५%
संस्थागत: ३.३%
प्राइम कमर्सियल बैंक
व्यक्तिगत: ४.१५%
संस्थागत: २.७५%
नेपाल एसबीआई बैंक
व्यक्तिगत: ४.२५%
संस्थागत: २.७५%
ग्लोबल आइएमई बैंक
व्यक्तिगत: ४.५%
संस्थागत: ३%
सिद्धार्थ बैंक
व्यक्तिगत: ४%
संस्थागत: ३.२५%
एनएमबी बैंक
व्यक्तिगत: ५%
संस्थागत: ४%
हिमालयन बैंक
व्यक्तिगत: ४.५%
संस्थागत: ३.७५%
कृषि विकास बैंक
व्यक्तिगत: ४.१५%
संस्थागत: २.७८%
माछापुच्छ्रे बैंक
व्यक्तिगत: ४.५%
संस्थागत: ३%
कुमारी बैंक
व्यक्तिगत: ४.०५%
संस्थागत: ३.५%
स्ट्यान्डर्ड चार्टर्ड बैंक
व्यक्तिगत: ४.१%
संस्थागत: २.७५%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
व्यक्तिगत: ४.५%
संस्थागत: ३.५%
लक्ष्मी सनराइज बैंक
व्यक्तिगत: ४.५%
संस्थागत: ३.२५%
नबिल बैंक
व्यक्तिगत: ४.५५%
संस्थागत: ३.०१%