• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ ।

यसअघि विहीबार चाँदी तोलाको ५२५० मा कारोबार भएको थियो ।