• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गाडी निषेध गरेर सुरु भयो जीवन्त र समृद्ध असन कार्यक्रम (तस्बिरुहरु)

काठमाडौं । काठमाडौंको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो ।

उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हुनेछ । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारी साधन प्रवेश निषेध गरिने छ ।