काठमाडौँ । दिपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।
आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा उनले शतक प्रहार गरेका हुन् । ९४ बलमा शतक बनाएका उनले १३ चौका र एक छक्का प्रहार गरे ।
एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो । उनले यसअघि २६ मार्च २०२२ मा पिएनजीविरुद्ध यसै मैदानमा १०५ रनको पारी खेलेका थिए ।