काठमाडौँ । भारतको नयाँ दिल्लीमा नेपालका कूटनीतिज्ञका लागि ‘विशेष कोर्ष’को अध्ययन सुरु भएको छ। मंगलबार एक कार्यक्रमबीच ‘विशेष कोर्स’को उद्घाटन गरिएको छ।
सुषमा स्वराज इन्स्टिच्युट अफ फोरिजन सर्भिसका डीन राजकुमार श्रीवास्तवले कार्यक्रमको उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा बोल्दै डीन श्रीवास्तवले कूटनीतिबारे चर्चा गरेका थिए। यससँगै उलने इन्स्टिच्युटबारे जानकारी दिएका थिए।
डीन श्रीवास्तवले इन्स्टिच्युटले व्यवहारगत, कार्यगत र क्षेत्रगत क्षमतामा आधारित भएर विशेष कोर्ष बनाएको बताए। यससँगै ‘विकसित भारत’ को परिकल्पना, कूटनीतिक सञ्चार र लेखन सीप, कूटनीतिका विषयगत श्रेणीहरू र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तबारे बालेका थिए।
उनले कौटिल्य दर्शनको निरन्तर सान्दर्भिकता, भारतीय विदेश नीतिका मार्गदर्शक सिद्धान्त, ग्लोबल साउथको मानव–केन्द्रित विकास मोडल, यसको उत्थानशीलताका मुख्य आयामहरू, भ्याक्सिन मैत्री, योग र भारत सरकारका पहलहरूबारे चर्चा गरेका थिए।
यसमा नेपालका ३५ जना कूटनीतिज्ञ सहभागी छन्। यो कार्यक्रम १० दिनको रहेको छ।