• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाल जित कुन-डाे संघ भारतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने

काठमाडौँ। जित कुन्डाे मार्सल आर्ट एसोसिएसन भारतको हुने इन्डो-नेपाल एसडीटी स्ट्रिट डिफेन्स प्रतियाेगितामा नेपाल जित कुन्डाे टाेली सहभागी हुने भएको छ। उक्त प्रतियोगिता भारतको मुम्बईमा आगामी मे २२, २३ र २४ तारिखमा आयोजना हुनेछ।

प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल जित कुन्डाे मार्सल आर्ट संघका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवबहादुर थापाको नेतृत्वमा टोलीले सहभागिता जनाउनेछ। रेफ्रीको जिम्मेवारी दीपेन्द्र श्रेष्ठ, नबराज दनुवार र कुमार बस्नेतले सम्हाल्नेछन्। टोली व्यवस्थापक टोखा नगरपालिका खेलकुद विकास समितिका सदस्य सविन श्रेष्ठ रहनेछन्।

यसैगरी, पुरुष खेलाडीको रुपमा विजय थापा, अमित थापा, सलिल थापा,शुसान्त चौधरी विवेक थापा, आयुष श्रेष्ठ, सञ्जीव माझी, पितम्बर मगर र राजेन्द्र थापा छनोट भएका छन्। यस्तै महिला खेलाडीको रुपमा निजला मगर, जमुना बिके, सारिका नेपाली, फुलग्याल्मो तामाङ र निलम कोइराला रहने भएका छन्। टोलीको स्वास्थ्य सेवाका लागि डा. सृजना खड्का (नर्स) रहनेछिन्।

भारतीय आयोजक सिफु एम.आर. सलमानीले नेपाली टोलीको सहभागिताले दुई देशबीच मैत्री तथा सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।