• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अन्तर्राष्ट्रिय जीत कुन्डो मार्सल आर्ट स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल च्याम्पियन

काठमाडौँ । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय जीत कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा सहभागी नेपाली टोलीले पुरुष तथा महिला दुवै तर्फका विभिन्न तौल समूहमा स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।

प्रतियोगितामा नेपाली खेलाडीहरूले अनुशासित, साहसिक तथा प्रभावशाली प्रदर्शन गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पराजित गरेका थिए । उनीहरूको उत्कृष्ट प्रदर्शनका कारण नेपालले प्रतियोगितामा पहिलो स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।

प्रतियोगितामा पुरुषतर्फ ५० देखि ५५ केजी तौल समूहमा विजय थापाले प्रथम स्थान हासिल गरे । ५५ देखि ६० केजी तौल समूहमा अमित थापा र ५० केजीमुनि तौल समूहतर्फ सलिल थापा प्रथम भए । ६० देखि ६५ केजी तौल समूहमा सुशान्त चौधरीले प्रथम स्थान हासिल गर्दा ६० देखि ६५ केजी तौल समूहमा विवेक थापा दोस्रो भए । यस्तै, ६५ देखि ७० केजी तौल समूहमा सञ्जीव माझी र ७० केजीमाथि तौल समूहमा पिताम्बर मगर प्रथम भए ।

महिलातर्फ निजला मगर ४५ केजीमुनि तौल समूहमा प्रथम स्थान भइन । ६० देखि ६५ केजी तौल समूहमा जमुना बिके प्रथम हुँदा ५० देखि ५५ केजी तौल समूहमा सारिका नेपाली दोस्रो रहिन । यस्तै, ५५ देखि ६० केजी तौल समूहमा फुलग्याल्मो तामाङ र ४५ देखि ५० केजी तौल समूहमा निलम कोइराला प्रथम स्थाान हासिल गर्न सफल रहे ।