• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नवराज शारदा स्मृति समाजबाट तीन छात्राहरूलाई  छात्रवृत्ति प्रदान

काठमाडौँ । पण्डित नवराज शारदा स्मृति समाजले तीन छात्राहरूलाई शैक्षिक  छात्रवृत्ति प्रदान गरेको छ । पण्डित नवराज पौडेलको १०७औँ जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

समाजका अध्यक्ष निर्मलराज पौडेलले प्रत्येक वर्ष उहाँहरूको स्मृतिमा कुनै न कुनै रूपमा सामाजिक कार्यमा  सहयोग गर्ने प्रतिबद्धता अनुसार नै छात्रवृत्ति प्रदान गरेको जानकारी दिए ।

कार्यक्रममा योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजको सामाजिक कार्यको प्रशंसा गर्दे आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । पौडेलका अनुसार समाजले संस्कृति कर्मकाण्ड, सामाजिक संस्कार र संस्कृतिका बारेमा जागरण र जनचेतनामूलक कार्यक्रम गर्दे आएको छ ।