सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी- ७ अन्तर्गत साङ्गेतरा स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।
गाडी चालक सुर्खेत पञ्चपुरी न.पा. ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी हुन् । गाडीमा चालकसहित पाँच जना सवार रहेको भन्ने बुझिएको छ ।
गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ।
अन्य सवारको उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।