• २०८३ साउन ४
  • 2026 July 20, Monday

‘झिंगेदाउ २’को सेटमै सरप्राइज केक काट्दै मनाइन् केकीले आफ्नो जन्मदिन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले बिहीबार ‘झिंगेदाउ २’को छायांकन सेटमै आफ्नो जन्मदिन मनाएकी छन्। यस वर्षको जन्मदिन ‘झिंगेदाउ २’को टिमले छायांकन सेटमै सरप्राइजको रूपमा मनाएको हो।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ २’को छायांकन हाल काभ्रेको पनौती क्षेत्रमा भइरहेको छ, जसमा केकी शीर्ष भूमिकामा छिन्।

सेटमा कलाकार महेश त्रिपाठी र आँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिति रहेको थियो।

केकीले आफ्नै होमप्रोडक्सनमा निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै अर्को चलचित्रको तयारी गरिरहेकी छिन्। पछिल्लो समय प्रदर्शनमा आएको उनको चलचित्र ‘परान’ सफल भएको छ भने अर्को फिल्म ‘काजी’ प्रदर्शनको तयारीमा छ।

केकी अधिकारीले सन् २०११ मा चलचित्र ‘स्वर’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्।