• २०८३ साउन ४
  • 2026 July 20, Monday

कञ्चनपुर र म्याग्दीबाट जबरजस्ती करणीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । कञ्चनपुर र म्याग्दीमा महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

कञ्चनपुरमा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हिरा नाथलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस्तै, म्याग्दीमा ५२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा धवलागिरी गाउँपालिका–७ धारापानीका ४२ वर्षीय प्रेमबहादुर दमाई पक्राउ परेका छन्।

पीडितको उजुरीपछि प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।