बलात्कारीले फाइदा अझै कति लिन्छ ? सरकारले सजायँ कहिले दिन्छ ? (फाेटाेफिचर)

काठमाडाैं । हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

आठ वर्षअघि भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी हुँदा होटलमा बोलाएर बलात्कार गरेको र त्यसपछि पनि निरन्तर शोषण गरिएको भन्दै एक युवतीले सामाजिक सञ्चालमार्फत खुलासा गरेपछि प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै नारावाजी गरेका थिए । त्यस्तै, उनीहरुले यस विषयमा छिटो अनुसन्धान सुरु गर्न पनि राज्यको ध्यानाकर्षण गराएका थिए ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको खुलासा गरेपछि युवाहरुले प्रदर्शन सुरु गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१