काठमाडौंमा ७० प्रतिशत मतगणना, कसले पाए कति मत ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० प्रतिशत मतगणना सकिएको छ ।

कूल १ लाख ९१ हजार १८६ मत खसेकोमा अहिलेसम्म १ लाख ३४ हजार ८७ मतगणना सकिएको छ । अब ५७ हजार ९९ मत गन्न बाँकी छ ।

७० प्रतिशत मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले साढे १८ हजारभन्दा बढीको अग्रता बनाएका छन् ।

अहिलेसम्मको गणनामा बालेन शाहले ४५ हजार ९ सय ८२ मत पाएका छन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याएकी छिन् ।

एमालेका केशव स्थापितले २६ हजार ४५४ मत पाएका छन् । बालेनले सिर्जनासँग १८ हजार ५५९ र स्थापितसँग १९ हजार ५२८ मतको अग्रता बनाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१