काठमाडौं । पीएम कपमा राम्रो प्रदर्शन गरेका युवा अलराउन्डर सन्तोष यादवले नेपालको राष्ट्रिय टी- २० टिमबाट डेब्यू गरेका छन् ।
नेपाल र युएईबीचको मंगलबार भएको दोस्रो खेलमा यादवले डेब्यू गरेका हुन् । सन्तोषलाई वार्मअपका क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले डेब्यू क्याप दिए ।
उनले पिएम कपमा २१ विकेट लिएका थिए । उत्कृष्ट ब्याटिंग गर्दै २६५ रन समेत बनाएका यादव प्लेयर अफ द सिरिज बनेका थिए ।
सन्तोष नेपालबाट टी- २० खेल्ने ५५औं खेलाडी बनेका छन् । यसअघि सोमबार पहिलो खेलमा हेमन्त धामीले टी-२० मा डेब्यू गरेका थिए ।