नवलपुर । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नवलपुरका आठ वटै पालिकाको नतिजा सार्वजनिक हुँदा नेकपा एमाले पहिलो दल बनेको छ ।
मत परिणम अनुसार आठ पालिका मध्ये ६ वटा पालिकाको प्रमुखमा नेकपा एमालेले जित हा गरेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जम्मा २ वटा पालिका मात्र जितेको नवलपुर जिल्लामा यस पटक यो जित हासिल गर्नुलाई विषेश महत्वका साथ हेरिएको छ ।
हालै, सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित एक सफल जिल्ला नेन्तृत्व र इमान्दार कार्यक्रता तथा उम्मेदवारी छनौटमा विवेक पुर्याएकाे कार्यकर्ताको भनाई रहेको छ ।