• २०८३ जेठ ३१
  • 2026 June 14, Sunday

टिभिएस जुपिटरको बम्पर अफर : ९ महिनासम्म पेट्रोल फ्री, ईएमआई मात्र २,८९९ रुपैयाँ

काठमाडौं । नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले All New TVS Jupiter BS-VI का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ। दैनिक यात्रामा पेट्रोल खर्च ठूलो चिन्ताको विषय बनिरहेको अवस्थामा, यो अभियानले TVS Jupiter लाई सहज, किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।

“Petrolko Tension? अब TVS Jupiter Solution” भन्ने मुख्य सन्देशसहित ल्याइएको यस अभियानले TVS Jupiter खरिद गर्दा प्राप्त हुने ९ महिनासम्म निःशुल्क पेट्रोलको आकर्षक सुविधालाई प्रमुख रूपमा उजागर गरेको छ। साथै, TVS Jupiter को 60 KMPL tested mileage ले दैनिक यात्रामा किफायती र भरपर्दो अनुभव प्रदान गर्छ। उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव र आधुनिक डिजाइनका कारण TVS Jupiter दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा स्थापित हुँदै आएको छ।

यस अभियानले ग्राहकको सहज स्वामित्वलाई ध्यानमा राख्दै EMI मात्र रु. २,८९९ प्रति महिनादेखि* सुरु हुने आकर्षक वित्तीय सुविधा पनि उपलब्ध गराएको छ।

अभियानबारे बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक, भरपर्दो र मूल्यवान मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ। अहिलेको समयमा पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनेको छ। यस्तो अवस्थामा TVS Jupiter ले आफ्नो उत्कृष्ट माइलेज, आरामदायी अनुभव र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई अझ बढी राहत र विश्वास दिन सक्छ। यही सोचका साथ यो अभियान ल्याइएको हो।”

TVS Jupiter BS-VI आधुनिक नेपाली परिवार, कार्यालय जाने यात्रु तथा दैनिक कम्युटरहरूका लागि उपयुक्त स्कुटर हो। यसको किफायती माइलेज, सहज चलाउने अनुभव, स्टाइलिस लुक्स, ग्राहकका लागि ल्याइएको विशेष अफर र लाइफटाइम वारेन्टीले TVS Jupiter लाई दैनिक यात्राको भरपर्दो साथीका रूपमा थप बलियो बनाउने विश्वास गरिएको छ। यो अफर नेपालभरका आधिकारिक TVS शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध हुनेछ।